संगालोखबर
सांकेतिक तस्वीर


विराटनगर । इलाममा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जङ्गली हात्ती खेदाउन जाँदा चुलाचुली गाउँपालिका-२ का ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार हिजो साँझ राईलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घाइते उनको उपचारका क्रममा दमक स्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको इलामका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!