संगालोखबर
सांकेतिक तस्वीर

इलाम । कोठा भाडामा खोज्ने बहानामा सुन चाँदीका गहना चोरी गर्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । इलामको सूर्याेदय नगरपालिका–१० का हेमकुमार श्रेष्ठको घरमा कोठा खोज्ने बहानामा आएका व्यक्तिले गहना चोरी गरेका हुन् ।

प्रहरीका अनुसार दार्जिलिङका ३० वर्षीय देवव्रत रायले घरको कोठा हेर्ने भन्दै भित्र गएर दराज खोली सुन, चाँदीका गहना र नगद चोरी गरेका थिए । चोरीपछि भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरी चौकी फिक्कलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

उनको साथबाट चोरी भएका सुनका गहना ६ तोला ८ सय ५ ग्राम, चाँदीका गहना १० तोला ८१ लाल र नगद ९ हजार बरामद गरिएको छ । रायलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!