संगालोखबर

इलाम । गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको पाँच सयको नोटमा एकापट्टी खाली भेटिएको छ । इलामका सुमन श्रेष्ठले ङ ९३४८७४१८ नम्बरको पाँच सयको नोट केहिदिन अघि फेला पारेका हुन् । २०७३ साल निष्कासित मिति उल्लेख गरिएको उक्त नोटको एकतर्फ भने खाली छ ।

Advertisement

उनले आफूले एकै दिन विभिन्न बैङ्कको एटिएमबाट पैसा निकालेको र एक घरमा पैसा साट्ने क्रममा आफूले खाली नोट भेट्टाएको बताएका छन् ।

‘खाली नोट कहाँबाट आयो भन्ने यकिन छैन’, उनले भने, ‘यो राष्ट्र बैङ्कको गल्ती हो । म कानुनी उपचारमा जान्छु ।’ बैङ्कमा परिक्षण गर्दा एकापट्टी खाली भएपनि नोट सक्कली भएको पुष्टि भएको श्रोतले बताएको छ ।

नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले नोट छाप्ने क्रममा त्रुटि भएको हुनसक्ने भन्दै मुद्रा व्यवस्थापन विभागले यसको अनुसन्धान गर्ने बताए ।

मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईले नोट छाप्ने क्रममा एउटा एउटा नोट चिप्लिएको हुन सक्ने बताए । यसप्रकारको घटना पहिलो पटक थाहा पाएको उनले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!