संगालोखबर
सांकेतिक तस्वीर


विराटनगर । कोशी प्रदेशको इलाम र झापासहित देशका विभिन्न जिल्लामा ६ जना मृत फेला परेका छन् । इलामको इलाम नगरपालिका–५ कटुसे पुलमुनि माई खोलाको छेउमा एक पुरुष मृत फेला परेका हुन् ।

माइजोगमाई गाउँपालिका–५ सोयाङ बस्ने ५७ वर्षीय रामकुमार श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । झापा शिवसताक्षी नगरपालिका–१० स्थित कन्काई माईखोलामा सोही ठाउँ बस्ने ६८ वर्षीया देवीमाया सिगु लिम्बू मृत अवस्थामा फेला परेकी छिन् ।

Advertisement

यस्तै, ललितपुर महानगरपालिका–२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई बाइबल स्कुलको होस्टेलमा बसी अध्ययन गर्ने मोरङ घर भएका २९ वर्षीय सकलु मर्डी मृत फेला परेका हुन् । उनी सोही होस्टेलमा शनिवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी, बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ शङ्कर चोक नजिकै एक युवक मृत फेला परेका छन् । कलैया पिलुवा सडक खण्डमा कलैया उपमहानगरपालिका–२१ भोडा टोल बस्ने ३० वर्षीय मुकुन्द चौधरी मृत फेला परेका हुन् ।

ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित बाग्मती करिडोरको डिलमा पनि एक पुरुष मृत फेला परेका छन् । परिचय नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बागलुङ नगरपालिका–१ रूद्रेपिपलस्थित गोरेटो बाटोमा सोही ठाउँ डेरा गरी बस्ने काठेखोला गाउँपालिका–३ धम्जा घर भएका ५६ वर्षीय रामबहादुर जिसी पनि मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!