नम्रता न्यौपाने/संगालोखबर


विराटनगर । इलामको सूर्योदय नगरपालिका स्थित कन्याम पर्यटकहरूको रोजाइमा पर्ने एक गन्तव्य हो । झापाको बिर्तामोडबाट ४७.२ किलोमिटर दूरीमा पर्ने कन्याममा छिनछिनमा मौसम परिवर्तन हुने गर्छ ।

यहाँ बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन्छ । भारतको दार्जिलिङ, सिक्किम, सिलगढी लगायतका शहर तथा नेपालका बिभिन्न जिल्लाबाट आउने पर्यटकले कन्याम भरिभराउ हुनेगरेको छ ।

Advertisement

यहाँबाट इलामकै श्रीअन्तु, समालबुङ, पशुपतिनगर साथै झापाका फाँटहरू पनि देख्न सकिन्छ । विशेष गरेर शनिबारको दिन यहाँ पर्यटकको बोक्लो चहलपहल हुन्छ ।

तस्बिर : नम्रता न्यौपाने/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!