- संगालोखबर सम्वाददाता

विराटनगर । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै बुधबार छापावाला सुन प्रतितोला १ लाख ११ हजारमा कारोबार भइरहेको छ ।

यसअघि गत चैत ५ गते सबैभन्दा बढी १ लाख १० हजारमा सुनको कारोबार भएको थियो । त्यो रेकर्ड पनि उछिन्दै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । अघिल्लो दिनको तुलनामा बुधबार एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुन पनि तोलामा २ हजार रुपैयाँले बढेर १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!