काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण खाताहरुमा सीआस्वा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ । भदौ १ गतेबाट लागू हुनेगरि कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुँजीबजारका अन्य उपकरणहरूमा आवेदन दिदा शुल्क नलाग्ने बैंकले जनाएको छ ।

Advertisement

ग्राहकहरूको हित तथा पूँजीबजारमा सर्वसाधारणको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै बैंकले छुट दिएको हो । यसबाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थी लगायत कुमारी बैंकका सम्पूर्ण खातावालाहरुलाई सहजता मिलेको छ ।

कुमारी बैंकले देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४९ शाखारहित बैङ्किङ इकाई तथा २४ एक्सटेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको छ ।

आगामी दिनमा अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तारलाई तीव्रता दिइने बैंकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!