- संगालोखबर सम्वाददाता

धनकुटा । आगामी माघमा धनकुटा महोत्सव गरिने भएको छ । धनकुटा उद्योग वाणिज्य संघको आज बसेको बैठकले माघ ६ देखि १६ गतेसम्म १ नम्बर प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव गर्ने निर्णय गरेको हो ।

Advertisement

सदैझै यस पटक पनि टुँडिखेलमा महोत्सव आयोजना गरिने उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए । महोत्सवलाई भव्य रुपमा सफल बनाउन उद्योग वाणिज्य संघका अध्यक्ष राईको अध्यक्षतामा १ सय १ सदस्यीय महोत्सव मुल आयोजक समिति पनि गठन गरिएको छ । २५ सदस्यीय सचिवालय समिति पनि बनाइएको छ ।

महोत्सव व्यवस्थापन, प्रायोजक व्यवस्थापन तथा समन्वय गर्न अध्यक्ष राई, वरिष्ठ उपाध्यक्ष तारा तितुङ्ग, उपाध्यक्षहरू खगेन्द्र विष्ट, कृष्णराज श्रेष्ठ, निर्मला राई, महासचिव राम बहादुर गोङ्वा, सचिव श्रीराम रायमाझी र कोषाध्यक्ष रूपेश श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । त्यस्तैगरी महोत्सवलाई व्यवस्थित गर्न उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उमेश घिमिरेको संयोजकत्वमा पूर्व अध्यक्षहरु सम्मिलित अनुगमन समिति बनाइएको छ । महोत्सवको तयारीका लागि अन्य उपसमितिहरू पनि निर्माण गरिएको छ ।

उद्योग वाणिज्य संघले मंसिर महिनामै महोत्सव गर्ने सोच गरेको थियो । तर, प्रदेश र प्रतिनिधि सभा निर्वाचनका कारण माघ महिनामा महोत्सव गर्न लागिएको अध्यक्ष राईले बताए । प्रत्येक तीन तीन वर्षमा धनकुटा महोत्सव गरिदै आएको थियो । तर, कोरोनाको महामारीका कारण गतवर्ष महोत्सव हुन नसकेपछि यसपटक महोत्सव गर्न लागिएको उद्योग वाणिज्य संघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!