- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा बिहिबारदेखि सुरु हुन लागेको विराट एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा हुँने एक्स्पोको बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

पुस ६ गतेसम्म एक्स्पो सञ्चालन हुने आयोजकले जनाएको छ । एक्स्पो विगतभन्दा फरक र भव्य हुने आयोजकको दावी छ । एक्स्पोका संयोजक भोलेश्वर दुलालले विगतको भन्दा फरक तरिकाले एक्स्पो आयोजना गर्न लागिएको बताए । उनले नयाँ प्रविधिको प्रयोग गरेर एक्स्पो आयोजना गर्न लागिएको दावी गरे । प्रविधिसँगै एक्स्पोमा रोबटसँग भेटघाट, भीआरबाट पर्यटकीय क्षेत्रको अवलोकन गराउने, माउण्टेन फ्लाइट, कृषि, पर्यटनको छुट्टै पेभेलियनको व्यवस्था गरिएको छ ।

उद्योग, व्यवसाय, कृषि, पर्यटनलगायतका क्षेत्रमा काम गर्न चाहनेहरूका लागि एक्स्पो उपयोगी हुने उनले बताए । विभिन्न क्षेत्रका ४ सय ७५ प्रवद्र्धकहरू सहभागी हुने भएकाले नयाँ उद्यम गर्न चाहनेहरूका लागि एक्स्पो अत्यन्तै उपयोगी हुने दुलालको दावी छ । एक्स्पो अवलोकनका लागि ३ लाख भन्दा बढी मानिस आउँने आयोजकको अनुमान छ ।

फालिएका प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीहरुको पुनः प्रयोग गर्नुपर्दछ भन्ने सचेतना अभिवृद्धि गर्ने काम पनि एक्स्पोले गर्नेछ । त्यसका लागि प्लाष्टिकजन्य प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योगहरुको संस्थासँगको सहकार्यमा रिडियुस्, रियुज र रिसाइकल थिममा फेसन शो हुनेछ । मोडलहरुले त्यस्ता सामग्रीहरुबाट फेबिक्रेट गरिएका कपडाहरु लगाउने छन् ।

त्यसैगरी, प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । उद्घाटनको दिन बिहीबार स्वपना सुमन ब्याण्डको प्रस्तुती रहनेछ । त्यस्तै, अन्य दिन गायक दीपक बज्राचार्य, मिस्टर डि ¥यापर, गायिका अस्मिता अधिकारी, चि मुसी चि (¥यापर तथा मुभी प्रिमियर) र ¥यापर हङ र गायिका इन्दिरा जोशीको प्रस्तुती पनि रहने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!