- संगालोखबर सम्वाददाता

धनकुटा । आगामी माघ ६ गतेदेखि १६ गतेसम्म हुन लागेको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सवमा १ सय ५० स्टल राखिने भएको छ । आयोजक उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरेर महोत्सवको तयारीका विषयमा जानकारी गराएको हो ।

Advertisement

स्टलमा धनकुटासहित प्रदेश १ का बिभिन्न जिल्लाका घरेलु उद्योगहरुले उत्पादन गरेका सामाग्री, हस्तकलाका सामाग्री, कृषि तथा पशुजन्य सामाग्रीहरूको साथै बहुर्राष्ट्रिय कम्पनीहरूले उत्पादन गरेका सामाग्रीहरू राखिनेछ । १५ वटा स्टलमा जातीय खानाका परिकारसहित नेपाली खानाका टिपिकल परिकारहरु राखिने उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए । उनका अनुसार महोत्सवमा बालबालिकाहरूका लागि बाल उद्यान रहनेछ । त्यस्तै, स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारहरु ल्याएर हरेक दिन सांस्कृतिक कार्यक्रम गरिनेछ ।

धनकुटाको टुँडिखेलमा हुने महोत्सवलाई १ लाख भन्दा बढीले अवलोकन गर्ने र ५ करोड भन्दा बढीको आर्थिक कारोवार हुने अनुमान गरिएको उद्योग वाणिज्य संघका उपाध्यक्ष तारा तितुङले जानकारी दिइन् । महोत्सव सफल पार्नका लागि उद्योग वाणिज्य संघले जिल्लावासीमा अपिलसमेत गरेको छ ।

 

यसअघि प्रकाशित समाचार…

माघमा धनकुटा महोत्सव हुने

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!