रबिन कटेल

धनकुटा । धनकुटामा नेपाल बैंक लिमिटेडले आजबाट एटीएम सेवा सुरु गरेको छ । धनकुटा नगरपालिका–७ बसपार्क नजिक रहेको नेपाल बैंकको शाखा कार्यालयबाट एटीएम सेवा सुरु गरिएको हो ।

Advertisement

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले रिबन काटेर एटीएम उद्घाटन गरेका छन् । नेपाल बैंकको यो १८७ औं एटीएम हो । वि.स.१९९४ मा खुलेको नेपाल बैंक नेपालको पहिलो बैंक हो । सरकारी स्वामित्वको यो बैंकले देशभर २२० शाखा विस्तार गरेर बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।

वार्षिकोत्सवको अवसर पारेर २०७७ कात्तिक ३० गते धनकुटा शाखा उद्घाटन गरिएको थियो । शाखा सञ्चालन भएको करिब २२ महिनापछि नेपाल बैंकले एटीएम सेवा सञ्चालन गरेको हो । ग्राहकहरूलाई पैसा निकाल्न सहजताका लागि एटीएम सेवा सञ्चालन गरिएको शाखा प्रमुख रञ्जित कुमार शाहले जानकारी दिए ।

धनकुटामा सरकारी स्वामित्वको नेपाल बैंकसहित राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले पनि शाखा सञ्चालन गरेर आर्थिक कारोबार गर्दै आएका छन् । जिल्लामा एक दर्जनको हाराहारीमा निजी बैंकहरूले पनि शाखा सञ्चालन गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement