- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । बैंक तथा वित्तिय संस्थाले चर्को ब्याजदर कायम गरेको प्रति असन्तुष्टि जनाउँदै धनकुटामा विरोध प्रदर्शन गरिएको छ । धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा जिल्लाका उद्योगी, व्यापारी तथा व्यवसायीहरूले विरोध जुलुस प्रदर्शन गरेका हुन् ।

Advertisement

भीमनारायण चोकबाट सुरु भएको ¥याली बजारका बिभिन्न भागको परिक्रमा गर्दै मदनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा सहभागीहरूले कालो ब्यानरसहित हातहातमा प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए । उनीहरूले ‘बढ्दो ब्याजदरले व्यवसाय सञ्चालन गर्न गाह्रो भो, बैंक आतंक बन्द गर, बैक हामीलाई प्यारो छ, ब्याजदर हामीलाई गाह्रो छ, चालु पूँजी निर्देशिका स्थायी गर, देशको विकासमा योगदान दिने निजी क्षेत्रलाई बैकिङ्ग क्षेत्रले निरुत्साहित नपारौं, गरी खाने मर्दैछ सरकारको राजश्व बढ्दैछ, लगायत लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

मदनचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्टले कोभिड १९ को महामारीका कारण व्यवसाय डामाडोल भई व्यवसायमा मन्दी छाएको अवस्थामा बैंकको ब्याजदरले ठूलो समस्या सृजना गरेको बताए । यस्तो अवस्थामा ब्याजदर कम गर्नुपर्नेमा झन बढाउँने काम भइरहेको भन्दै उनले ब्याजदर घटाउन माग गरे ।

समय अनकुल ब्याजदर कायम गर्दै व्यवसायीहरूलाई सहजता प्रदान गर्न र राज्यलाई पनि घाटा नहुने स्थिति सृजना गर्न सरकारले सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!