- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको भेडेटारमा सञ्चालित दशौँ खाना महोत्सवमा दश हजार भन्दा बढी पर्यटक आएका छन् । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर होटल एसोसिएसन भेडेटारले तीन दिने ‘फुड फेस्टिभल’ अर्थात खाना महोत्सव गरेको हो ।

Advertisement

शनिबारबाट सुरु भएर सोमबार सकिएको महोत्सवमा आन्तरिक तथा बाह्य १० हजार पर्यटक आएको होटल एसोसिएसन भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेनले जानकारी दिइन् । फेस्टिभलमा नेपालका बिभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट पनि पर्यटकहरू आएका थिए ।

फेस्टिभलमा ५० लाख बराबरको आर्थिक कारोबार भएको आयोजकको अनुमान छ । तीन दिनमा करिब ३० हजार पर्यटक भित्र्याएर एक करोड बराबरको आर्थिक कारोबार गर्ने आयोजकले लक्ष्य राखेको थियो । तर, अपेक्षा गरिए अनुसार फेस्टिभलमा पर्यटकको आगमन र आर्थिक कारोबार नभएको हो ।

फेस्टिभल समापन कार्यक्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले भेडेटारको पर्यटन प्रवर्द्धनमा फेस्टिभल महत्वपूर्ण सावित भएको तर्क गरे । उनले आगामी दिनमा पर्यटकहरूको संख्या बढाउँन पालिकाले विशेष योजना ल्याउने जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!