- संगालोखबर सम्वाददाता

काठमाडौं । सिन्धुलीको खुर्कोटमा कुमारी बैंकले शाखा विस्तार गरेको छ । व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा उपलब्ध गराउँन खुर्कोट शाखा उद्घाटन गरिएको कुमारी बैंकले जनाएको छ ।

Advertisement

शाखा कार्यालय उद्घाटन गरेर आजबाट बैंकिङ सेवा प्रदान गर्न थालिएको हो । योसँगै अब देशभर कुमारी बैंकका १९८ शाखा भएका छन् । १९८ शाखासहित १९४ एटीएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकले आगामी दिनमा थप शाखा विस्तार गर्ने योजना बनाएको छ । कुमारी बैंकले विगत २१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!