नोबेलले दशैं बोनस बापत कर्मचारीलाई बाँढ्यो १ करोड २६ लाख रकम
बिराटनगर । कोरोनाको महामारीका कारण लामो समयसम्म गरिएको लकडाउनले सबै क्षेत्रमा आर्थिक संकट निम्तिएको अवस्थामा नोबेल शिक्षण अस्पतालले कर्मचारीहरुलाई दशैं बोनस वापत १ करोड २६ लाख रकम वितरण गरेको छ । निजी क्षेत्रका धेरै रोजगारदाता संस्थाले कर्मचारीलाई कामबाट हटाउँने, बेतलबी राख्ने, आंसिक काममा लगाउँने, काम गर्नेलाई पनि न्यून तलब दिने लगायत समस्या देखिएका बेला नोबेलले कर्मचारीहरुलाई दशैं मनाउँनका लाग...

























