संगालोखबर सम्बाददाता

विराटनगर । सरकारले तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल घटाउने निर्णय गरेपछि खाने तेलको मूल्य घटेको छ । सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्य कम्तीमा २० देखि बढीमा ५० रुपैयाँसम्म घटेको हो ।

Advertisement

एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ५० रुपैयाँसम्मले घटेको छ । एक महिनाअघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४५ रुपैयाँमा झरेको छ । २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम् २१८ रुपैयाँसम्म झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटका कारण खाने तेलको मूल्यमा उच्च गिरावट देखिन थालेको छ । औसत बजारमा तेल उद्योगीले तोकेको मूल्य ३०० रुपैयाँ लिटर थियो । तर, भन्सार घटेको र अन्तर्राष्ट्रिय मूल्य पनि घटेका कारण कतिपय कम्पनीका तेल २१० रुपैयाँसम्म झरेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!