- संगालोखबर सम्बाददाता

काठमाडौं । कुमारी बैंक लिमिटेडले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११% केविएल डिबेन्चर २०८९’ को एक हजार अंकित दरको तीस लाख कित्ता ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले गत भदौं १ गते कुमारी बैंकलाई स्वीकृति प्रदान गरेको हो ।

उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैंकले जनाएको छ । यस ऋणपत्र निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

सर्वसाधारणका लागि निष्कासन गरिने १२ लाख कित्ता ऋणपत्र मध्ये सामूहिक लगानी कोषलाई छुट्ट्याएको ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्रको लागि ३ वटा सामूहिक लगानी कोषबाट ९५ हजार कित्ताका लागि आवेदन प्राप्त भएको हुँदा त्यसलाई समानुपातिक आधारमा बाँडफाँड गरिएको छ ।

सर्वसाधारणका लागि निष्कासन गरिने ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम १२ लाख आवेदन दिन सकिनेछ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सीआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरूबाट आवेदन दिन सक्नेछन् ।

देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिङ इकाई तथा २६ एक्सटेन्सन काउन्टरबाट कुमारी बैंकले अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लागिने कुमारी बैंकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!