- संगालोखबर सम्वाददाता

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँका दरले घटाएको हो । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ ।

Advertisement

मूल्य घटेपछि अब पेट्रोल प्रति लिटर १७५ रुपैयाँमा आउनेछ । डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । हवाई इन्धन पनि आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले इन्धनको मूल्य घटाउन केही दिन अघि निर्देशन पनि दिएका थिए । प्रधानमन्त्रीले निर्देशन दिएको केही दिनपछि निगम सञ्चालक समितिको बैठक बसेर इन्धनको मूल्य घटाइएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!