धनकुटाको चौबिसेमा लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-२ मा लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका चौबिसेवासीलाई शुद्ध पानी वितरण गर्ने उद्देश्यले सुरु गरिएको लिफ्टिङ आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
सङ्घीय सरकारको आर्थिक वर्ष २०८०-०८१ को योजना अनुसार १ करोड १५ लाख रुपैयाँ लागत अनुमानमा आयोजनामा सञ्चालन भइरहेको छ । आयोजना सम्पन्न भएपछि १, २ र ८ नम्बर ...































