सन्तोष सुवेदी/संगालोखबर
काँगडा ताल । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा जिल्ला पूर्वी नेपालको मुख्य पर्यटकीय गन्तव्य मध्येमा पर्दछ । यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन बाक्लो हुने गरेको छ ।

जिल्लाका विभिन्न पर्यटकीय स्थल चर्चामा रहेपनि केही स्थानका पर्यटकीय स्थल भने ओझेलमा परेका छन् । चौबिसे गाउँपालिकामा पर्यटकीय गन्तव्यको सम्भावना बोकेका थुप्रै स्थानहरू छन् । तर पर्याप्त प्रचार-प्रसारको अभावमा ओझेलमा परेका छन् ।

Advertisement
धपड ताल

भेडेटार-रवि-राँके सडकखण्ड अन्तरगत पर्ने चौबिसेमा आधा दर्जनबढी पर्यटकीय स्थलहरू छन् । राजारानी ताल (मावारक) र रानी पोखरी, यस्तै धनकुटा र मोरङको सिमाना ‘गडेरे ताल’ अवस्थित छ ।

त्यस्तै काँगडा, धपड ताल, नागदेवी मन्दिर र नागबेली पार्क लगायत रहेका छन् । तर प्रचार-प्रसार नहुदाँ पर्यटकहरू पुग्न सकेका छैनन् ।

पर्यटकीय स्थलहरूको संरक्षण तथा विकास निर्माणका काम भइरहेको गाउँपालिकाकी उपाध्यक्ष टंकमाया पाङ्मी मगरले बताइन् । यस क्षेत्रको पर्यटन, पर्यावरण तथा वातावरणलाई संरक्षण गर्न र पर्यटकलाई भित्र्याउन पालिकाले विभिन्न योजना बनाएर काम गरिरहेको उनको भनाइ छ ।

राजारानी ताल

त्यसो त धनकुटाको साँगुरीगढी गाउँपालिका स्थित भेडेटार हुँदै पाँचथर जोड्ने भेडेटार-रवि-राँके एक सय तीन किलोमिटर सडक कालोपत्रेको काम धमाधम भइरहेको छ । सडक कालोपत्रे भएपछि पर्यटक आवागमन सहजरूपमा हुने अपेक्षा गरिएको छ ।

भेडेटार हुँदै पाँचथर जोड्ने सडक निर्माण सम्पन्न भएपछि चौबिसे गाउँपालिकालाई पर्यटन वर्षको रूपमा घोषणा गरेर पर्यटक भित्र्याउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले बताए ।

काली मन्दिर

पर्यटकीय गन्तव्यको प्रचार-प्रसार भएमा यस क्षेत्रको आर्थिक उपार्जनमा सहयोग पुग्ने स्थानीयहरू बताउँछन् । यसका लागि स्थानीय सरकारले थप पहल गर्नुपर्ने उनीहरूको भनाइ छ ।

भिडियो

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!