
तेह्रथुम । तेह्रथुमको म्याङलुङमा बोलेरो दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत म्याङलुङ नगरपालिका-९ स्थित जिरीखिम्तीबाट म्याङलुङतर्फ जाँदै गरेको रिलायबल हाइड्रोपावर हाउसको प्रदेश १-०२-००२ च ५६०४ नम्बरको बोलेरो ब्रेक फेल भई आज बिहान सडक छेउको नालीको भित्तामा ठोक्किएकाे हाे ।
दुर्घटनामा परेर हाइड्रोपावरका कर्मचारी तेह्रथुम फेदाप गाउँपालिका-३ जलजले बस्ने ४० वर्षीय टेकबहादुर कट्टेलको मृत्यु भएको छ । टाउको र अनुहारमा गम्भीर चोट लागेका कट्टेललाई तत्काल उद्धार गरी जिल्ला अस्पताल तेह्रथुम पुर्याइएको भए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सामान्य अवस्थामा रहेका बोलेरो चालक पाँचथर मिक्लाजुङ गाउँपालिका-८ का ४३ वर्षीय राजेन्द्र श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 














