संगालोखबर


काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका-९ घर भई कीर्तिपुर हाल बस्दै आएका २३ वर्षीय पुस्कर दाहाल छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कीर्तिपुर नयाँ बजारबाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि साइबर ब्युरो भोटाहिटी पठाइएको छ ।

उनले इन्स्टाग्राममा स्टाटस गर्दै प्रधानमन्त्री शाहलाई २३ भदौमा सिध्याइदिने भनेर लेखेरै प्रहरीलाई ट्याग गरेका गर्नुका साथै गाली समेत गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!