संगालोखबर
फाइल तस्बिर

विराटनगर । नेपालमा वर्षेनी मनसुनजन्य विपद्का घटनामा परेर ठूलो जनधनको क्षति हुने गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कलाई हेर्दा यसको पुष्टि हुन्छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार २०७२ सालदेखि २०८१ सालसम्म मनसुनजन्य विपद्मा परेर दुई हजार तीन सय १७ जनाले ज्यान गुमाएका छन् । उक्त अवधिमा बाढी, डुबान, भूक्षय, भारी वर्षा, चट्याङ र आकस्मिक बाढीका कारण आठ हजार चार सय १८ विपद्का घटना भएका छन् ।

Advertisement

ती घटनाबाट ५६ हजार सात सय पाँच परिवार प्रभावित भएका छन् । यसैगरी ३६ हजार चार सय ७९ घर, एक सय ९५ पुल र एक हजार तीन सय ४६ गोठमा क्षति पुगेको प्राधिकरणको तथ्याङ्क छ ।

२०८१ सालको मनसुनजन्य विपद्को घटनाबाट मात्रै चार सय ९५ ले ज्यान गुमाए । जसमा पहिरोमा परी तीन सय ४४, बाढीका कारण ९१, भारी वर्षाका कारण आठ र चट्याङका कारण ५२ जनाले ज्यान गुमाएका छन् । २०८१ सालमा बाढीका कारण १८ र पहिरोका कारण ४८ जना अझै बेपत्ता छन् ।

तथ्याङ्क विश्लेषण गर्दा पहिरोको कारण मानवीय क्षति बढी देखिएको छ । १० वर्षको अवधिमा पहिरोका कारण एक हजार दुई सय ९६ जनाको ज्यान गएको छ । यस्तै बाढीले पाँच सय ३९ र चट्याङले तीन सय ८५ जनाको ज्यान लिएको छ ।

यस अवधिमा दुई हजार ६ सय ४९ जना घाइते भएका छन् भने चार सय १९ जना बेपत्ता छन् । सबैभन्दा बढी घाइते पनि पहिरोकै कारण भएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । यस अवधिमा तीन हजार पाँच सय ३२ पहिरोका घटना भएका छन् जसबाट एक हजार एक सय ३६ जना घाइते र १७ हजार दुई सय ३६ परिवार प्रभावित भएका छन् ।

यस वर्ष मनसुनजन्य विपद्का कारण झन्डै २० लाख मानिस प्रभावित हुने प्राधिकरणको आँकलन छ । प्राधिकरणले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ ले यस्तो आँकलन गरेको हो ।

प्राधिकरणका अनुसार यस वर्ष मनसनुजन्य विपद्‍बाट देशभर झन्डै चार लाख ५७ हजार एक सय ४५ घरधुरीका १९ लाख ९७ हजार सात सय ३१ जना प्रभावित हुने अनुमान गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!