धनकुटामा बाख्राले पाँचवटा पाठापाठी जन्माएपछि हेर्नेको भीड (फोटो फिचरसहित)
धनकुटा । धनकुटा नगरपालिका–३ पात्लेका कृषकले पालेको बाख्राले एकै वेतमा पाँच वटा पाठापाठी जन्माएपछि हेर्नेको भीड लागेको छ । स्थानीय पुण्यप्रसाद खतिवडाले पालेको बाख्राले बिहिवार राति ३ पाठा र २ पाठी जन्माएपछि हेर्नेको भीड लाग्न थालेको हो ।
बाख्राले सामान्यतया एक वेतमा एउटा पाठा वा पाठी जन्माउँने गर्छ । कतिपय बाख्राले जुम्ल्याहा पाठापाठी पाउँने गर्छ । एकै पटक तीन वटा पाठापाठी पनि बिरलै मात्र जन्मिए...
