
विराटनगर । रसुवाको भोटेकोशीमा तिब्बतबाट आएको भीषण बाढीमा परेकामध्ये ६ जनाको शव धादिङमा पनि भेटिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दिउँसो ३ बजेसम्म गल्छी गाउँपालिकास्थित महेश दोभानमा एक महिलाको शव फेला परेको हो ।
यस्तै गल्छी कै कोल्फु खोला पुलनजिकै २ जना पुरुषको शव फेला परेको छ । सिद्धलेश गाउँपालिका-७ स्थित त्रिशूलीकै किनारमा एक शव र बेनिघाट रोराङ गाउँपालिका बेनिघाट बजार नजिकै त्रिशूली किनारमा २ महिलाको शव फेला परेको हो ।
प्रहरीका अनुसार हालसम्म बाढीमा परेर ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । यसअघि नुवाकोटमा तीन र धादिङमा ४ जनाको शव फेला परेका थिए ।
धादिङ प्रहरीले अहिलेसम्म ७ जनाको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ ।

संगालोखबर 














