
विराटनगर । रसुवाको भीषण बाढीमा परेका १६ जनाको शव फेला परेको छ । आज बिहान ९ बजेतिर चीनको तिब्बत क्षेत्रबाट आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार दिउँसो पौने ३ बजेसम्म १६ जनाको शव फेला परेको छ ।
रसुवामा एक जना, नुवाकोटमा ९ जना र धादिङमा ६ जनाको शव फेला परेको हो । यसरी फेला पर्नेमध्ये ७ जना महिला, ८ जना पुरूष र एक जना नखुल्ने प्रकारको शव छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीले विभिन्न ठाउँमा उद्धारको काम गरिरहेका छन् । सम्पर्कविहीन भएकाहरूको पनि खोजी भइरहेको छ ।

संगालोखबर 














