मोहन ढकाल/संगालोखबर
मोरङको रंगेली नगरपालिका-७ मा निर्माणधीन कृषि बजार । तस्बिर : मोहन ढकाल/संगालोखबर

विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेली विकासको पथमा लम्किएको छ । सडक पूर्वाधारसँगै कृषि र स्वास्थ्य लगायतका क्षेत्रमा उपलब्धिमूलक काम भएको रंगेली नगरपालिकाको दावी छ ।

‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार : आधुनिक र समृद्ध रंगेलीको आधार’ भन्ने मूल नाराका साथ अगाडि बढेको रंगेली नगरपालिकाले विभिन्न योजनाहरूलाई पूर्णता दिइसकेको छ भने केही पूर्ण हुने तरखरमा छन् ।

Advertisement

रंगेली नगरपालिकाले सडकमा लाग्ने हाटबजारलाई व्यवस्थित बनाउन दुई स्थानमा कृषि बजार निर्माण गरिरहेको छ । रंगेली नगरपालिका-९ स्थित दोहमना बजारमा संघीय सरकारको तीन करोड ५० लाख लागतमा पशुपक्षी बजार र रंगेली-७ मा संघीय सरकारको २३ करोड र प्रदेश सरकारको सहयोगमा कृषि बजार निर्माण भइरहेको छ ।

‘नगरका विभिन्न स्थानमा छरिएर खुल्ला रूपमा व्यापार गरिरहेका साना तथा ठूला व्यापारीहरूलाई लक्षित गरेर कृषि बजार निर्माण गरेका हौं’, रंगेली नगरपालिकाका मेयर दिलिप कुमार अग्रवालले भने, ‘सडकमा बसेर सागसब्जी बेच्ने साना व्यापारीलाई निःशुल्क रूपमा व्यापार गर्न दिने स्थान पनि छुट्याएका छौं ।’

‘पहिलो पटक निर्वाचित हुँदा केही वर्ष बुझ्न मै समय खर्च भयो’, मेयर अग्रवालले थपे, ‘कुनै पनि स्थानमा एउटै व्यक्ति दोस्रो पटक पनि निर्वाचित भयो भने महत्वपूर्ण काम हुन्छन् ।’

कृषि बजारमा माछा-मासु विक्रिवितरणका लागि पनि छुट्टै सटरहरू निर्माण गरिएको मेयर अग्रवालले बताए । कृषि बजार संचालनमा आएसँगै विभिन्न स्थानमा अव्यवस्थित रूपमा संचालित माछा-मासु पसल तथा हाटबजार व्यवस्थित हुने उनले बताए । आगामी आर्थिक वर्षको बजेट आएपछि निर्माण सम्पन्न हुने उनले उल्लेख गरे ।

‘पहिलो पटक निर्वाचित हुँदा केही वर्ष बुझ्न मै समय खर्च भयो’, मेयर अग्रवालले थपे, ‘कुनै पनि स्थानमा एउटै व्यक्ति दोस्रो पटक पनि निर्वाचित भयो भने महत्वपूर्ण काम हुन्छन् ।’

यही कारणले पनि रंगेलीले फड्को मारेको उनले दावी गरे । ‘उसले सबै कुरा बुझिसकेको हुन्छ र आफूले सुरु गरेका योजना पूरा गर्न पनि लाग्छ’, उनले थपे, ‘नयाँ मान्छे निर्वाचित हुँदा उसले आफ्नै योजना ल्याउने र पुराना योजना त्यसै छाडिदिने हुँदा उपलब्धि हुँदैन । अझ उसलाई केही वर्ष त बुझ्न नै लाग्छ ।’

सम्भवतः यो नेपालकै नमूना प्रोजेक्ट भएको प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले बताए । उनका अनुसार यसमा विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री राखिने छ । जसबाट उक्त क्षेत्रमा विपद् आइपर्दा तत्कालै उद्दार गर्न सहज हुने साहको विश्वास छ ।

आठ वर्षको अन्तरालमा अन्य थुप्रै उपलब्धिमूलक काम भएका र पूरा हुने क्रममा रहेका उनको भनाइ छ । रंगेली-८ मा मुख्यमन्त्री एकीकृत अत्यावश्यक सेवा केन्द्र निर्माणधीन अवस्थामा रहेको उनले बताए छ । कानेपोखरी गाउँपालिका, सुनवर्षी नगरपालिका, थनपालथान गाउँपालिका र रंगेली नगरपालिकालाई यसबाट लाभान्वित हुने उनको दावी छ ।

सम्भवतः यो नेपालकै नमूना प्रोजेक्ट भएको प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले बताए । उनका अनुसार यसमा विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री राखिने छ । जसबाट उक्त क्षेत्रमा विपद् आइपर्दा तत्कालै उद्दार गर्न सहज हुने साहको विश्वास छ ।

रंगेली नगरपालिका कार्यालयको भवन । तस्बिर : मोहन ढकाल/संगालोखबर

यस्तै रंगेली-७ मा कृषकहरूलाई लक्षित गरेर ६ सय मेट्रिक टन क्षमताको कोल स्टोर निर्माण भएको छ । जुन सुविधासम्पन्न रहेको प्रमुख प्रशासकीय अधिकृत साहले बताए ।

प्रदेशसँगको साझेदारीमा सामुदायिक भवन निर्माण कार्य अघि बढाइएको, कानेपोखरी गाउँपालिका, सुनवर्षी नगरपालिका र थनपालथान गाउँपालिकासँगको साझेदारीमा फोहोर मैला व्यवस्थापनका लागि काम अघि बढाइएको उनले उल्लेख गरे । जसमा शैचालयजन्य फोहोरलाई मल बनाउने योजनासहित काम अघि बढाइएको उनको भनाइ छ ।

मेयर अग्रवालले वडा नम्बर ४ मा ३० बिघा क्षेत्रफलमा पर्यटकीय स्थल बनाउने काम अघि बढेको बताए । यस्तै स्वास्थ्यका क्षेत्रमा पनि रंगेली नगरपालिकाले उल्लेख्य उपलब्धि हासिल गरेको उनको दावी छ । उनका अनुसार दुई हजार दुई सय परिवारको रंगेली नगरपालिकाले निःशुल्क बीमा गरिदिएको छ । जसबाट नागरिकले सरल र सहज सेवा पाउनका साथै नगर अस्पतालको आम्दानी समेत बढेको छ ।

यसैगरी कृषकका लागि निःशुल्क कृषि मिटरको व्यवस्था गरिएको उनले बताए । जसबाट कृषकहरूलाई राहत मिलेको मेयर अग्रवालको भनाइ छ । कृषिक मिटर बापत वार्षीक करिब ७० लाख बराबर विद्युत महशुल नगरपालिकाले बुझाउने गरेको छ ।

नगरपालिकाले बीमा गरिदिएका नगरबासी नगर अस्पतालमै उपचार गर्नुहुन्छ’, उनले भने, ‘अस्पतालले बीमा बापतको रकम दावी गर्दा आम्दानी बढेको छ ।’ यस्तै नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको तथा निःशुल्क शवदाहको व्यवस्था गरिदिएको उनको भनाइ छ । 

रंगेली नगर अस्पतालमा सेवा लिँदै सेवाग्राही । तस्बिर : मोहन ढकाल/संगालोखबर

यसैगरी कृषकका लागि निःशुल्क कृषि मिटरको व्यवस्था गरिएको उनले बताए । जसबाट कृषकहरूलाई राहत मिलेको मेयर अग्रवालको भनाइ छ । कृषिक मिटर बापत वार्षीक करिब ७० लाख बराबर विद्युत महशुल नगरपालिकाले बुझाउने गरेको छ ।

रंगेलीको सौन्दर्यकरणका लागि पनि उपलब्धिमूलक काम भइरहेको बताउँदै उनले सडक किनारमा रोपिएका विरुवा र फूलको संरक्षण तथा रेखदेखका लागि दैनिक पाँच जनाले काम गरिरहेको उनले बताए । यस्तै रंगेली भित्रका मुख्य सडक कालोपत्रेको काम पनि अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!