संगालोखबर


विराटनगर । रसुवा बाढीमा फसेका १२ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । नेपाली सेनाका अनुसार रसुवाका विभिन्न ठाउँहरूबाट हेलिकप्टरमार्फत १२ जनाको उद्धार गरिएको हो ।

अहिले नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । यसका साथै नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशुलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सुरु गरिएको छ ।

बाढीमा फसेकाहरूको उद्धारकार्य तीव्र पारिएको छ । आज बिहान तिब्बततिरबाट आएको भीषण बाढीले रसुवासहितका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!