संगालोखबर


विराटनगर । रसुवामा आएको भीषण बाढीले रसुवागढी भन्सारमा ठूलो क्षति पुर्याएको छ । बाढीले भन्सार जाँचपासका लागि राखिएका करिब पाँच सय नयाँ गाडीहरू बगाएको प्रारम्भिक अनुमान गरिएको हो ।

भन्सार विभागका अनुसार बाढीका कारण भन्सार क्षेत्रमा केही पनि बाँकी छैन । भन्सार क्षेत्रमा ठूलो परिमाणमा चीनबाट आयात गरिएका नयाँ सवारी साधन पार्किङ गरी राखिएका थिए ।

यस्तै भन्सार कार्यालयका करिब दुई दर्जन कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन् । त्यहाँ कार्यरत ४० जना कर्मचारीमध्ये केही सम्पर्कमा आएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!