संगालोखबर


विराटनगर । रसुवाको भीषण बाढीमा परेका सात जनाको शव फेला परेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार नुवाकोटमा तीन र धादिङमा चार जनाको शव फेला परेको हो ।

आज बिहान ९ बजेतिर रसुवाको टिमुरे क्षेत्रमा बाढी आएको थियो । तिब्बत क्षेत्रबाट भोटेकोशी हुँदै आएको बाढी नुवाकोट, धादिङ, चितवन लगायत ठाउँका नदीसम्म पुगेको छ ।

अहिले उक्त बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र प्रहरीको टोली संयुक्तरूपमा खटिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!