बर्खामा मासिक ५० र हिउँदमा ३० युनिट खपत गर्नेलाई विद्युत शुल्क नलिने घोषणा
काठमाडौं । बर्खायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताहरूलाई निःशुल्क विद्युत उपलब्ध गराइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम मार्फत विद्युत सहुलियतको घोषणा गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । त्यस्तै, विपन्न बर्गलाई विद्युत मिटर निःशुल्क दिइने भएको छ । ...































