भीमनारायण गोल्डकपलाई धनकुटाको शान बनाऔँ: मेयर तामाङ
धनकुटा । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सहिद भीमनारायण गोल्डकपलाई धनकुटाको शान र गौरवका रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । धनकुटाको टुँडिखेलमा आयोजित भीमनारायण गोल्डकप उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर तामाङले जिल्लाको शान र गौरव गर्न लायक प्रतियोगिताको रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
भीमनारायण गोल्डकप धनकुटाको मुख्य प्रतियोगिताको रुपमा रहेको भन्दै ...































