
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार दुई सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार तीन सय १५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













