सप्तकोसी नदीमा पानीको बहाव ५६ वर्ष यताको सबैभन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५६ वर्ष यताको सबैभन्दा बढी

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५ सय ४० क्युसेक पुगेको छ । यो ५६ वर्ष यताको सबैभन्दा बढी हो । आज बिहान ३ बजे गरिएको मापन अनुसार पानीको बहाव निरन्तर बढिरहेको पाइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । जलसतह खतरा तहभन्दा ११.२६ मिटरमाथि पुगिसकेको छ । ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । तरपनि कोशी ब्यारेजमा पुल माथिबाट पानी बगिरहेको छ । यसअघि सन् १९६८ अक्टोबर ५ तार...
धनकुटाको पाख्रिबासमा पहिरोले गोठ बगायो 

धनकुटाको पाख्रिबासमा पहिरोले गोठ बगायो 

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-६ स्थित माझ गाउँमा पहिरोले गोठ बगाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति पहिरोले गोठ बगाउँदा पशुचौपाय मरेका छन् । गोठमाथिबाट झरेको पहिरोले स्थानीय ६४ वर्षीय आसपती तामाङको गोठमा रहेको एउटा राँगो, दुईवटा बाख्रा र एउटा खसी मरेका वडाध्यक्ष देवेन्द्र गुरागाइँले जानकारी दिए । त्यस्तै टोलका अन्य बस्ती समेत जोखिममा रहेका छन् । जोखिममा रहेका करिब एक द...
बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्धार गर्न माओवादीको आग्रह

बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्धार गर्न माओवादीको आग्रह

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न आग्रह गरेको छ । माओवादीका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । कोशीमा आधा दर्जन व्यक्तिहरूको ज्यान गएको, ८ जनाभन्दा बढी बेपत्ता भएका, कयौँ मानिस घाइते भएका र लाखौंको क्षति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कैयौं मानिसहर...
जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित रहन एमाले जिल्ला कमिटी धनकुटाको आग्रह

जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित रहन एमाले जिल्ला कमिटी धनकुटाको आग्रह

धनकुटा । नेकपा एमाले जिल्ला कमिटी धनकुटाले पहिरोको जोखिम भएका स्थानका बासिन्दालाई समयमै सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै जोखिम भएका ठाउँका बासिन्दालाई सुरक्षित रहँदै समयमै सम्बन्धित निकायमा खबर गर्न आग्रह गरेको हो । अध्यक्ष शिव आङ्गला लिम्बुद्वारा जारी विज्ञप्तिमा अविरल वर्षाका कारण सिङ्गो देशमा नै ठूलो जनधनको क्षति भएको भन्दै पीडितको उद्धारमा खट्न सबैल...
मोरङमा बाढी र डुबानबाट सय बढी घरपरिवार विस्थापित 

मोरङमा बाढी र डुबानबाट सय बढी घरपरिवार विस्थापित 

विराटनगर । निरन्तरको वर्षासँगै आएको बाढी र डुबानका कारण विराटनगरसहित मोरङका विभिन्न स्थानमा एक सय बढी परिवार विस्थापित भएका छन् । विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदाका एक सय बढी परिवार विस्थापित भएका हुन् । रंगेली नगरपालिका-२ लक्ष्मीपुरमा १६ र रंगेली नगरपालिका--९ मा २२ परिवार विस्थापित भएका प्रहरीले जनाएको छ । यस्तै विराटनगर महानगरपालिका-२ र कटहरी गाउँपालिका-१ मा पनि बाढीका कारण केही घर पर...
पाँचथरमा पहिरोले पुर्दा थप एक जनाको मृत्यु, चार जना बेपत्ता

पाँचथरमा पहिरोले पुर्दा थप एक जनाको मृत्यु, चार जना बेपत्ता

विराटनगर । पाँचथरमा पहिरोले पुर्दा थप एक जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका-१ साँगेबोटेमा पहिरो घर पुर्दा फुरुङ्गा हाइड्रो पावरमा काम गर्ने ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ५ बजेतिर झरेको पहिरोमा परेर चार जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार फिदिम-१ का ५० वर्षीय कृष्ण दास, उनकी श्रीमती ४० वर्षीया कमला दास, ५५ वर्षीय धनकुमार तुम्बापो र २१ वर्षीया सरस्वती तुम...
जल सतह बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलियो

जल सतह बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलियो

सुनसरी । सप्तकोसी नदीमा जल सतह बढेपछि सबै ढोका खोलिएको छ । पहाडी तथा तराईका जिल्लामा अत्यधिक वर्षा भएसँगै सप्तकोसी नदीको बहाव उच्च बनेको हो । आज बिहान ९ बजेसम्म ४ लाख ४९ हजार ६ सय ८० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको छ । पानीको बहाव उच्च भएसँगै थप सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए । नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । बहाव बढिरहे...
झापामा बाढीले बगाउँदा तीन जना बेपत्ता, मोटरसाइकल पनि बग्यो

झापामा बाढीले बगाउँदा तीन जना बेपत्ता, मोटरसाइकल पनि बग्यो

विराटनगर । झापामा बाढीले बगाउँदा तीन जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार बाढीले बगाउँदा एक बालिका र दुई जना पुरुष बेपत्ता भएका हुन् । हिजो झापाको कमल गाउँपालिका-१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको छ । यसैगरी कचनकवल गाउँपालिका-१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएको प्रहरीले जनाएको छ । गौरीगञ्ज...
पाँचथरमा पहिरोले घर पुर्दा आमा–छोरीको मृत्यु

पाँचथरमा पहिरोले घर पुर्दा आमा–छोरीको मृत्यु

विराटनगर । पाँचथरमा पहिरोले घर पुर्दा आमा–छोरीको मृत्यु भएको छ । फिदिम नगरपालिका-४ चिसापानीमा घर माथिबाट खसेको पहिरोमा परेर २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य तीन जनाले भने भागेर ज्यान जोगाएका छन् । पहिरो बिहान साढे तीन बजे तिर खसेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएको अवस्थामा आमा–छोरीको शव बाहिर निकालिएको छ । घटनास...
धनकुटामा पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु, छिमेकी घाइते

धनकुटामा पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु, छिमेकी घाइते

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका-५ गुराँसे देवीथानमा आज बिहान पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु भएको छ । वर्षासँगै बिहान करिब ३ बजे माथिबाट खसेको पहिरोले स्थानीय सन्तोष तामाङको घर पुरेको हो । घरसँगै पहिरोमा पुरिएर सन्तोषकी श्रीमती ३२ वर्षीया आशा तामाङ र आशाकी आमा ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले जानकारी दिए । ‘पहिरो झर्दै गरेका बेला स...
मोरङको रतुवामाईमा खोलाले बगाउँदा वृद्धा वेपत्ता

मोरङको रतुवामाईमा खोलाले बगाउँदा वृद्धा वेपत्ता

विराटनगर । मोरङको रतुवामाईमा खोलाले बगाउँदा एक वृद्धा बेपत्ता भएकी छिन् । आज दिउँसो वृद्धालाई रतुवा खोलाले बगाएको सूचना आएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक होम प्रसाद अधिकारीले जानकारी दिए । रतुवामाई-७ सिजुवाकी ७२ वर्षीया डुरोदेवी राजवंशीलाई खोलाले बगाएको भनेर लिखित निवेदन आएको अधिकारीले संगालोखबरलाई जानकारी दिए । ‘स्थानीयले बगाएको भनेर खबर गरेका छन्’, अधिकारीले संगालोखबरसँग भने...
मोरङ र सुनसरीबाट लागूऔषधसहित पाँच जना पक्राउ

मोरङ र सुनसरीबाट लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर । मोरङको विराटनगर, बेलबारी र सुनसरीको धरानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । हिजो लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१५ बाट चेकजाँचको क्रममा दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको को ६ प ९६ नम्बरको मोटरसाइकलमा सवार सुन्दरहरैँचा नगरपालिका-१२ का ३० वर्षीय शङ्कर दाहाल र २५ वर्षीय नन्दु फुँयाललाई प्रहरीले नियन्त्रणमा लिएको हो...
नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा १५ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा १५ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङको केराबारी गाउँपालिका-८ बाट १५ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले खदम खोलाबाट ढुङ्गा उत्खनन गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको हो ।  को २ त ८३४६, को २ त ९९२७, को २ त ७५५४, को १ त ५३८०, को २ त २०३२, को २ त ७९१२ र को २ त ७८९७ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।  यसैगरी को २ त ६९४०, को...
जलमग्न विराटनगरको एयरपोर्ट रोड (फोटो फिचर)

जलमग्न विराटनगरको एयरपोर्ट रोड (फोटो फिचर)

विराटनगर । लगातारको वर्षाले विराटनगरको एयरपोर्ट रोड जलमग्न भएको छ । हिजो बिहानदेखि निरन्तर परेको पानीका कारण विराटनगरका धेरै स्थान जलमग्न भएका छन् । पछिल्लो २४ घण्टामा विराटनगरमा १४१.१ मिलिमिटर वर्षा भएको छ । वर्षाका कारण देशैभरका नदीको जलसतह बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले केहिदिन निरन्तर वर्षा हुने विभागले उल्लेख गरेको छ । ...
२०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष मनाइने, आज औपचारिक घोषणा गरिदै

२०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष मनाइने, आज औपचारिक घोषणा गरिदै

विराटनगर । कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ लाई पर्यटन वर्षको रुपमा मनाउने भएको छ । विश्व पर्यटन दिवसको अवसर पारेर आज कोशी प्रदेशको राजधानी विराटनगरमा ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरिदैछ । होटल स्टन स्टारमा बिहान ११ बजे हुने कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्ष घोषणा गर्ने मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइटेलले जानकारी दिए । पर्यटन वर्ष घोषणापछि मुख्यगरी ...
कोशी ब्यारेज बस दुर्घटना अपडेटः नदीबाट २० जनालाई उद्धार गरेर अस्पताल पठाइयो

कोशी ब्यारेज बस दुर्घटना अपडेटः नदीबाट २० जनालाई उद्धार गरेर अस्पताल पठाइयो

विराटनगर । कोशी ब्यारेजबाट नदीमा खसेको बसबाट २० जना यात्रुलाई उद्धार गरेर बाहिर निकालिएको छ । प्रहरी टोलीले उनीहरूलाई सकुशल उद्धार गरेर बाहिर निकालेको हो । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस साँझ करिब ६ बजे नदीमा खसेको हो । बस अनियन्त्रित भएर ब्यारेजको बार भत्काउँदै ३४ र ३६ नम्बर ढोकाको बीचबाट नदीमा खसे...
झापाको बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष निलम्बित

झापाको बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष निलम्बित

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्ली प्रसाद ओली निलम्बित भएका छन् । सेवाग्राहीसँग घुस लिएको कसुरमा पक्राउ परेका ओलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ परिच्छेद ३ को दफा ३३ बमोजिम ओली स्वतः वडाध्यक्ष पदबाट निलम्बित भएका हुन् । सेवाग्राही अमरनाथ चौहानसँग घुस लिएका ओली...
धनकुटामा पिकअप दुर्घटना

धनकुटामा पिकअप दुर्घटना

धनकुटा । धनकुटाको जिरोप्वाइन्ट नजिक पिकअप गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । धनकुटाबाट छिन्ताङतर्फ जाँदै गरेको को १ ज २०६५ नम्बरको पिकअप आज अपरान्ह करिब ४ बजे दुर्घटना भएको हो । दुर्घटनामा पिकअप चालक सहिदभूमि-७ का ३४ वर्षीय दिपेन्द्र राई, उनकी श्रीमती २३ वर्षीया टबिना राई र धनकुटा-६ सरस्वती चोककी ३२ वर्षीया इसु राई घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर उपचारका लागि धनकुटा जिल्ला अस...
नेपाल फर्मास्युटिकल एशोसिएसन कोशीले मनायो विश्व फर्मासिस्ट दिवस

नेपाल फर्मास्युटिकल एशोसिएसन कोशीले मनायो विश्व फर्मासिस्ट दिवस

विराटनगर । नेपाल फर्मास्युटिकल एशोसिएसन कोशी प्रदेशले विश्व फर्मासिस्ट दिवस मनाएको छ । विराटनगरमा प्रभातफेरी, रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गर्दै एशोसिएसनले दिवस मनाएको हो । एशोसिएसन कोशी प्रदेश अध्यक्ष शम्भु शाहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री  लिलावल्लभ अधिकारी थिए । मन्त्री अधिकारीले औषधीसम्बन्धी जनगुनासाहरू व्यापक आउने गरेको बताए । उनले यस क...
धनकुटामा अकबरे खोर्सानीको बोट मर्न थालेपछी कृषक चिन्तित

धनकुटामा अकबरे खोर्सानीको बोट मर्न थालेपछी कृषक चिन्तित

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-७ राम्चेका तारा कुमार कार्कीले अकबरे खोर्सानीबाट राम्रो आम्दानी गर्न थालेका थिए । करिब एक हजार पाँच सय बिरुवा लगाएका उनले हप्तामा ७० किलोसम्म खोर्सानी बिक्री गर्थे । तर सबै बोट बारीमा नै मरेपछि उनलाई चिन्ता थपिएको छ । डाँठ कुहिने, कालो हुने र बोटै मर्ने गरेको उनले सुनाए । उनले भने, ‘पहिला सामान्य समस्या देखिएको थियो । अहिले सबै बोट मरेर सखाप भए । आम्दानीको ...
सर्लाहीमा गोली हानेर पत्नीको हत्या

सर्लाहीमा गोली हानेर पत्नीको हत्या

सर्लाही । सर्लाहीमा एक युवाले गोली प्रहार गरि पत्नीको हत्या गरेका छन् । गएराति हरिपुर्वा नगरपालिका-५ का ३० वर्षीय धिरेन्द्र रायले २५ वर्षीया पत्नी चित्रलेखालाई गोली हानेका थिए । गोली लागेर चित्रलेखाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली प्रहारबाट बुबा ५३ वर्षीय दिनेश राय घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोली प्रहार पश्चात फरार भए...
मोरङको ग्रामथानमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङको ग्रामथानमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ मा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । आज दिउँसो करेन्ट लागेर ५० वर्षीय जगदीश सरदारको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा सरदारलाई करेन्ट लागेको थियो । मृतक सरदारको शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा ल्याइएको छ । घटनाका सम्बन्धमा...
१६ सय किलो गाँजा समाउने खापुङ बने कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी 

१६ सय किलो गाँजा समाउने खापुङ बने कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी 

विराटनगर । प्रहरी जवान टिकाराज खापुङ भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागीय मूल्यमान्यता पालना गरी उच्च मनोबलका साथ कर्तव्य निर्वाह गरेको भन्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुहमा कार्यरत खापुङले भदौ ६ गते सुनसरीको धरान उपमहानगरपालिका बाट ठूलो परिणाममा गाँजा नियन्त्रणमा लिएका थिए । धनकुटाबा...
यातायात कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ 

यातायात कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ 

विराटनगर । यातायात कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ परेका छन् । सेवाग्राहीहरूलाई दुःख दिएको गुनासो आएपछि अनुगमनमा पुगेको जिल्ला प्रशासन कार्यालय सुनसरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ परेका व्यक्तिहरूको बारेमा थप खुल्न बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता बेद राज फुयलले संगालोखबरलाई जानकारी दिए । को–को पक्राउ परे भन्ने खुल्न बाँकी रहेको र उनीहरूला...
विराटनगरको साइकल सोरुममा आगलागी (भिडियोसहित)

विराटनगरको साइकल सोरुममा आगलागी (भिडियोसहित)

विराटनगर । विराटनगर महानगरपालिका–२ मुनालपथस्थित भाव्या इन्टरनेशनल सोरुममा आज दिउँसो आगलागी भएको छ । इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गरिदै आएको सोरुममा आगो लागेको हो । दिउँसो करिब २ः३० बजेबाट आगलागी सुरु भएको थियो । दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले करिब एक घण्टा लगाएर आगो नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ब्याट्रीहरू पड्किएकाले आ...
झापा र उदयपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

झापा र उदयपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

विराटनगर । झापा र उदयपुरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । हिजो साँझ लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका-६ बाट एक जनालाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा झापा गाउँपालिका-५ का ४२ वर्षीय तेहेरुदिन शेखलालई २८ ग्राम ३५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । यसैगरी उदयपुरको कटारी नगरपालिका-७ बाट जिल्ला प्रहरी कार्याल...
एमाले धनकुटा नगर संगठन कमिटी अध्यक्षमा अर्जुन छाराहाङ

एमाले धनकुटा नगर संगठन कमिटी अध्यक्षमा अर्जुन छाराहाङ

धनकुटा । नेकपा एमाले धनकुटा नगर सङ्गठन कमिटी अध्यक्षमा अर्जुन छाराहाङ चयन भएका छन् । सामुदायिक भवनमा मङ्गलबार आयोजित कार्यक्रममा सङ्गठन कमिटी निर्माण गरिएको हो । कमिटीको उपाध्यक्षमा चन्द्रकृष्ण ठकुरी, सचिवमा लक्ष्मण घिमिरे, उप-सचिवमा मानबहादुर राई र दुर्गा बस्नेत ढकाल चयन भएका छन् । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले सङ्गठन कमिटी घोषणा गरे । उनीहरूलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा...
झापामा चट्याङ लागेर एक जनाको मृत्यु

झापामा चट्याङ लागेर एक जनाको मृत्यु

झापा । चट्याङ लागेर झापामा गएराती एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका-४ का ३६ वर्षीय कुमार मोते छन् । राती करिब १० बजे कुमारलाई चट्याङ लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजोदेखि झापासहित विभिन्न जिल्लामा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।
संखुवासभामा कोदोबारीभित्र भेटियो बम

संखुवासभामा कोदोबारीभित्र भेटियो बम

संखुवासभा । संखुवासभाको मादी नगरपालिका-६ शिरीसेमा बम फेला परेको छ । स्थानीय भवानीप्रसाद दाहालको कोदोवारीमा ‘ह्यान्ड ग्रिनेड’ फेला परेको हो । मादी–पिलुवा सडकबाट करिब २० मिटर टाढा रहेको सो स्थानमा आज बिहान शङ्कास्पद बस्तु देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले सो क्षेत्रलाई घेरेर राखी नेपाली सेनाको टोलीलाई खबर गरेको थियो । खाँदबारीबाट गएको नेपाली सेनाको टो...
उदयपुर बस दुर्घटना अपडेट : २९ जना घाइतेलाई उद्धार गरेर अस्पताल पठाइयो

उदयपुर बस दुर्घटना अपडेट : २९ जना घाइतेलाई उद्धार गरेर अस्पताल पठाइयो

विराटनगर । उदयपुरको बेलकामा मलामी बोकेर फर्किदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बेलकाका प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिए । घाइतेमध्ये १२ जनालाई घोपा पठाइएको र अन्य १७ जनाको स्थानिय नगर अस्पतालमा उपचार भइरहेको उनले संगालोखबरलाई जानकारी दिए । उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको उदासले बताए । आज दिउँसो प्रदेश ...
झापामा करेन्ट लागेर एक जनाको मृत्यु 

झापामा करेन्ट लागेर एक जनाको मृत्यु 

झापा । झापाको दमक-८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा इलामको माई नगरपालिका-५ का २६ वर्षीय कमल बुर्जामगरको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि बीएण्डसी अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ । उनी दमकमा डेरा गरेर बस्दै आएका थिए । सिटी चार्ज गर्ने क्रममा विद्युत सर्ट भएर करेन्ट लागेको हुनसक्ने प्रहर...
error: Content is protected !!