संगालोखबर


सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१३ शिवधाराबाट दुई हजार एक सय ३० किलो गाँजासहित सशस्त्र प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ ।

सोमबार धनकुटाबाट धरानतर्फ आउँदै गरेको मिनिट्रकमा गाँजा ओसार-पसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले ट्रकसहित गाँजा नियन्त्रणमा लिएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार प्रदेश १-०२-००२ ख ०८४८ नम्बरको मिनिट्रकबाट ७० वटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा फेला परेको थियो ।

ट्रकबाट ३१ बोरा अदुवा र ६ बोरा बन्दाकोपी पनि बरामद भएको छ ।

ट्रक चालक सडकमै गाडी रोकेर फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!