संगालोखबर


विराटनगर । मोरङबाट तस्करी गरेर भारततर्फ लैजाँदै गरिएका गोरु प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार धनपालथान गाउँपालिका-७ हरकपुरबाट प्रहरीले चार वटा गोरु नियन्त्रणमा लिएको हो ।

अवैधरूपमा भारततर्फ गोरु लैजाने मानिसहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

उनीहरू प्रहरीलाई देख्‍नासाथ भारततर्फ भागेका थिए । नियन्त्रणमा लिएका गोरु प्रहरी चौकी गडेरियामा राखिएको छ । गोरुको अनुमानित मूल्य करिब २ लाख बराबर रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!