कोशी र गण्डकी प्रदेशमा भारी वर्षा
विराटनगर । कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भएको छ । धनकुटाको मूलघाट, त्रिवेणी र मझुवाघाट, सुनसरीको तरहरा र धरान, इलामको माईपोखरी, कास्कीको लुम्लेलगायतका क्षेत्रमा भारी वर्षा भएको हो ।
सुनसरीको सर्दु खोला मदन भण्डारी राजमार्ग जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ । त्यस्तै कास्कीको लुम्ले क्षेत्रमा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
पर्वतको मोदी खोला जलमापन ...





























