सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाका महिलाहरू मौलिक परम्परा अनुसार बजाइने नौमती पञ्चेबाजा संरक्षणमा जुटेका छन् । पछिल्लो समय युवा पुस्ताको ध्यान आधुनिकतामा गएसँगै संस्कृतिलाई जगेर्ना गर्न महिलाहरू पञ्चेबाजा संरक्षणमा जुटेका हुन् ।

कुनै पनि धार्मिक कार्य, विवाह, व्रतबन्ध, विभिन्न समारोह तथा सांस्कृतिक कार्यक्रममा महिलाहरू पञ्चेबाजा बजाउन थालेका छन् । त्यसमा पनि एकल जातीले मात्रै नौमती पञ्चेबाजा बजाउने प्रचलन थियो  । तर त्यसलाई चिर्दै धनकुटामा महिलाहरूको नेतृत्वमा नौमती पञ्चेबाजा बजाउन थालिएको छ ।

उनीहरू शुल्क लिएर पार्टी तथा समारोहमा सामूहिक रूपमा बाजा बजाउने गरेका छन् ।  धनकुटा नगरपालिका-७ स्थित निशान नौमती पञ्चेबाजा सांस्कृतिक समूहका महिलाहरू पञ्चेबाजा बजाउने तालिम लिएपश्चात् सक्रिय छन् ।

धनकुटा नगरपालिकाका विभिन्न वडामा महिलाहरूलाई सामूहिक रूपमा नौमति पञ्चेबाजा बजाउने तालिम प्रदान गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

धनकुटाको कचिडेका महिलाहरू पनि सक्रिय रूपमा पञ्चेबाजा संरक्षणमा लागि परेका छन् । सुरुवाती चरणमा भएपनि सहजता पञ्चेबाजा बजाउन सहजै भएको उनीहरूको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!