ताप्लेजुङमा तमोर, घुन्सा र हेल्लोकमा आएको बाढीले बगायो बेलिब्रिज
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङबाट उत्तरी क्षेत्रमा पर्ने फक्ताङलुङ गाउँपालिका-५ तापेथोक र वडा नम्बर ६ लेलेप जोड्ने तमोर नदीमाथिको बेलिब्रिज बाढीले बगाएको छ ।
चार वर्षअघि करिब पाँच करोड रुपैयाँ लागतमा बनाइएको उक्त बेलिब्रिज आज बिहान आएको बाढीले बगाएको हो । स्थानीयका अनुसार तमोर, घुन्सा र हेल्लोक तीनवटै खोलामा ठूलो बाढी आएको छ ।
वडा नम्बर ६ का वडाध्यक्ष पेमाटासी शेर्पाका अनुसार आज बिहान...





























