संगालोखबर


भोजपुर । भोजपुर नगरपालिका-३ मा प्रतिनिधि सभा निर्वाचनको सुरक्षा गस्तीका लागि खटिएको नेपाली सेना सवार बस दुर्घटनामा परेको छ । सदरमुकामस्थित नयाँ श्रीनाथ गणबाट गस्तीका लागि हिँडेको २४ जना सेना सवार बस सेती बगरनजिक सडकबाट करिब ५ सय मिटर तल खसेको हो ।

ना ४ ख ७३१७ नम्बरको उक्त बस दुर्घटना हुँदा त्यसमा सवार सैनिकहरू घाइते भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीका अनुसार टेम्केमैयुङ गाउँपालिका जानेक्रममा बस दुर्घटना भएको हो ।

‘टेम्केमैयुङ गाउँपालिका जाने क्रममा बस दुर्घटनामा परेको हो’, भोजपुरका प्रहरी प्रमुख डीएसपी राजु लामाले संगालोखबरसँग भने, ‘आठ जनाको अवस्था गम्भीर नै छ । उहाँहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!