संगालोखबर


सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-५ बाट प्रहरीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इनरुवा-१० का २५ वर्षीय आजाद मिया छन् ।

प्रहरीका अनुसार मंगलबार मिया इनरुवा-५ स्थित सब्जी बजारमा किनमेलका लागि गएका थिए । उनले दिएको पाँच सय रुपैयाँको नेपाली नोट नक्कली भएको शङ्का लागेपछि पसलेले प्रहरीलाई खबर गरेका थिए ।

जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । उनको शरीर खानतलासी गर्दा पाँच सय दरका आठ थान नक्कली रुपैयाँ बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए । पक्राउ परेका मियामाथि अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!