संगालोखबर


विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१५ सदन रोडमा साथीमाथि खुकुरी प्रहार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । शनिबार राति स्थानीय २१ वर्षीय रिजन राईमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट राई गम्भीर घाइते भएका छन् ।

उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले संगालोखबरलाई जानकारी दिए । धरान-१३ का १८ वर्षीय उत्सव मगर, सोही स्थानका २१ वर्षीया विश्रान्ती मगर, २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई, र २१ वर्षीय सुदीप तामाङलाई पक्राउ गरिएको उनले बताए ।

Advertisement

प्रहरीले राईलाई टाउको, बायाँ कुम, बायाँ हातको हत्केला र कुहिना काटिएको तथा तत्काल बोल्न नसक्ने अवस्थामा फेला पारेको थियो । उनलाई घटनास्थलबाट उद्धार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुका अनुसार राईको अहिले विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ । पक्राउ परेकाहरूलाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!