पहिरोले जोखिम बढेपछि पाँचथरको याङ्वरकका ९६ परिवार विस्थापित
पाँचथर । बाढी र पहिरोका कारण पाँचथरको याङ्वरकका ९६ परिवार विस्थापित बनेका छन् । उक्त गाउँपालिकाको वडा २ र ३ का त्यति परिवार विस्थापित भएका हुन् । असार लागेयता निरन्तर भइरहेको वर्षापछि पहिरो खस्दा अनि स्थानीय खोलामा आएको बाढीले जोखिम बढेपछि गाउँले सुरक्षित स्थान खोज्दै अन्यत्र गएका छन् ।
प्रहरीका अनुसार याङ्वरक गाउँपालिका ३ नम्बर वडाका ५४ र २ मा ४२ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरु व...































