मछिन्द्रलाई हराउँदै पञ्जाव पुलिस विराट गोल्डकपको सेमिफाइनलमा
विराटनगर । सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लवलाई पराजित गर्दै भारतको पञ्जाव पुलिस क्लव विराटनगरमा जारी विराट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा आइतवार राती भएको रात्रीकालिन गोल्डकपको दोस्रो क्वाटरफाइनलमा मछिन्द्र क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै पञ्जाव पुलिसले सेमिफाइनलको यात्रा तय गरेको हो ।
पञ्जाव पुलिसका क्याप्टेन जगदिस सिंहले दिएको पासलाई सदुप...





























