अन्तर्राष्ट्रिय क्रिकेटबाट धोनीले लिए सन्यास

अन्तर्राष्ट्रिय क्रिकेटबाट धोनीले लिए सन्यास

काठमाडौँ । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । धोनीले शनिबार साँझ इन्स्टाग्राममा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘अहिलेसम्मको माया र समर्थनका लागि धन्यवाद । ७ः२९ बजेपछि मलाई रिटायर्ड खेलाडीका रुपमा लिनुहोला ।’ उनले कुन फर्म्याटबाट सन्यास लिएको भन्ने नखुलाएपनि भारतीय सञ्चारमाध्य...
धनकुटाका सुजल श्रेष्ठले पाए सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

धनकुटाका सुजल श्रेष्ठले पाए सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

धनकुटा । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सुजल श्रेष्ठ ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान’ बाट सम्मानित भएका छन् । धनकुटाका खलाडी श्रेष्ठलाई सहारा क्लब पोखराले आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अवसर पारेर बिहिबार पोखरामा सम्मान गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ, सहारा क्लबका अध्यक्ष केशवबहादुर थापालगायतले नगद ३५ हजारसहित दोसल्ला र सम्मानपत्र प्रदान गरी श...
मनाङले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

मनाङले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

सुनसरी । मनाङ मर्स्याङ्दी क्लबले धरानमा सञ्चालित २२ औं बुढासुब्बा गोल्डकप फुटबलको उपाधि जितेको छ । धरान रंगशालामा आज भएको फाईनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधिमाथि कब्जा जमाएको हो । मनाङलाई उपाधि दिलाउँन दयानन्द सिंह, विशाल लिम्बू र विमल रानाले समान एक–एक गोल गरे । पुलिसका लागि कप्तान भोला सिलवालले गोल गरेका थिए । उपाधिसँगै मनाङले मनाङले नगद १० लाख...
मौनाबुधुकलाई चौबिसे रनिङ कप फुटबलको उपाधि

मौनाबुधुकलाई चौबिसे रनिङ कप फुटबलको उपाधि

धनकुटा । चौबिसे गाउँपालिका वडा नं.७ मौनाबुधुकले प्रथम चौबिसे रनिङ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा वडा नं. ६ राजारानीलाई ०–१ गोल अन्तरले पराजित गर्दै मौनाबुधुकले उपाधिमाथि कब्जा जमाएको हो । निक्कै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा मौनाबुधुकका १२ नम्बर जर्सीका खेलाडी युगेन लिम्बूले गरेको एकमात्र गोल नै उपाधिका लागि निर्णायक बन्यो । उपाधिसँगै मौनाबुधुकले नगद ५० हजार, शिल्ड, ट्रफी...
पाख्रीवास वडा नं.४ ले जित्यो दोस्रो मेयरकप फुटबलको उपाधि

पाख्रीवास वडा नं.४ ले जित्यो दोस्रो मेयरकप फुटबलको उपाधि

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा सञ्चातिल अन्तरवडा स्तरीय दोस्रो मेयरकप फुटवल प्रतियोगिताको उपाधि वडा नं.४ ले जितेको छ । फाइनलमा वडा न ८ लाई ०–१ गोलले पराजित गर्दै वडा नं. ४ बिजयी बनेको हो । मध्यान्तरपछिको ३९ औं मिनेटमा जर्सी नं ११ का विनोद बुढाथोकीले एकमात्र निर्णायक गोल गर्दै टिमलाई बिजयी गराएका हुन् । जितसँगै वडा नं ४ ले नगद १ लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएको छ भने उप–व...
मैत्रीपूर्ण क्रिकेटमा नोबेल बिजयी

मैत्रीपूर्ण क्रिकेटमा नोबेल बिजयी

बिराटनगर । बिराटनगरमा सञ्चालित मैत्रीपूर्ण सुपर सिक्स क्रिकेट प्रतियोगितामा नोबेल मेडिकल कलेजको टिम बिजयी भएको छ । फाइनलमा मोरङ व्यापार संघलाई ९ विकेटले पराजित गर्दै नोबेलले उपाधि चुमेको हो । ६ टिम सहभागि खेलमा समुह बिजेता बन्दै व्यापार संघ र नोबेल फाइनल पुगेका थिए । फाइनलमा व्यापार संघले नोबेललाई ६२ रनको लक्ष दियो । चौका र छक्काको बर्षात गरेको नोबेलले ३ ओभर २ बलमा लक्ष्य पुरा गर्दै बिजयी बनेको...
धनकुटालाई घरेलु मैदानमा हराउँदै मोरङले जित्यो सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवलको उपाधि

धनकुटालाई घरेलु मैदानमा हराउँदै मोरङले जित्यो सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवलको उपाधि

धनकुटा । घरेलु मैदानमा धनकुटा फुटवल संघलाई हराउँदै मोरङ फुटवल क्लवले सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटवलको उपाधि जितेको छ । धनकुटाको तल्लो टुँडिखेलमा मंगलबार भएको फाइनलमा घरेलु टिम धनकुटालाई १–० गोल अन्तरले पराजित गर्दै मोरङले उपाधिमाथि कब्जा जमाएको हो । खेलको ४१ औं मिनेटमा मोरङकी ईमा राईले गरेको एक मात्र गोल नै उपाधिका लागि निर्णायक बन्दा घरेलु मैदानमा धनकुटा निरिह सावित भयो ...
धनकुटामा प्रदेश स्तरीय महिला फुटबल हुँदै

धनकुटामा प्रदेश स्तरीय महिला फुटबल हुँदै

धनकुटा । धनकुटामा माघ पहिलो साताबाट सहिद रामकृष्ण श्रेष्ठ प्रदेश स्तरीय गोल्डकप महिला फुटबल प्रतियोगिता हुँने भएको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरी माघ ३ देखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो । प्रतियोगितामा १ नम्बर प्रदेशका ८ जिल्लाका उत्कृष्ट महिला टिमहरु सहभागि हुँनेछन् । प्रतियोगिताको बिजेताले १ लाख र उप–बिजेताले ५० हजार नगद पाउँने आयोजक प्रत...
त्रिभुवन आर्मीले जित्यो महिला फुटबलको उपाधि

त्रिभुवन आर्मीले जित्यो महिला फुटबलको उपाधि

धनकुटा । विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौंले धनकुटामा सञ्चालित प्रथम वाईवाई सहिद रिदामाहाङ—रामलिहाङ आठपहरिया महिला गोल्डकप फुटबलको उपाधि जितेको छ । धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबार भएको फाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई पेनाल्टी सुट आउटमा ३–१ गोल अन्तरले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । आर्मीले २०७१ पछि एपिएफलाई पहिलो पटक हराएको हो । वर्षाका कारण प्रभावित खेलको निर्धारि...
नेपाललाई पदक दिलाउँने धनकुटेली खेलाडीलाई नगरपालिकाले अभिनन्दन गर्ने

नेपाललाई पदक दिलाउँने धनकुटेली खेलाडीलाई नगरपालिकाले अभिनन्दन गर्ने

धनकुटा । काठमाडौमा हालै सम्पन्न १३ औं दक्षिण एसियाली (साफ) प्रतियोगितामा नेपाललाई पदक दिलाउन सफल धनकुटाका खेलाडीहरुलाई नगदसहित अभिनन्दन गरिने भएको छ । धनकुटा नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी धनकुटाका सुजल श्रेष्ठ र चित्र ठकुरीलाई नगदसहित अभिनन्दन गरिने जानकारी दिएको हो । सुजलले फुटबलमा स्वर्णपदक तथा चित्रले उसुमा कास्य पदक दिलाएका थिए । धनकुटा नगरपालिकामा मंगलबार बसेको सर्वपक्षीय बैठकले ...
दुहवीले जित्यो धनकुटा गोल्डकपको उपाधि

दुहवीले जित्यो धनकुटा गोल्डकपको उपाधि

धनकुटा । दुहवी फुटवल क्लव सुनसरीले धनकुटाको हिलेमा सञ्चालित प्रथम धनकुटा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा रोयल धरान फुटवल फेन्ड क्लवलाई सडेनडेथमा पराजित गदै दुहवीले उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित समयको खेल दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा धकेलियो । ट्राइबेकरमा दुबै तर्फवाट चार–चार गोलको बराबरी भयो । पुनः गरिएको ट्राइबेकरमासमेत दुबै तर्फबाट ती...
नेपालले जित्यो नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि

नेपालले जित्यो नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि

मोरङ । मोरङको बेलबारीमा सञ्चालित नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाली टिमले जितेको छ । १९ स्वर्ण, २३ रजत र २५ कास्य गरी कुल ६७ पदकसहित नेपालले प्रतियोगिताको उपाधि जितेको हो । त्यस्तै उपविजेता भुटानले ३ स्वर्ण, ७ रजत र ५ कास्य गरी कुल १५ पदक जितेको छ । यता २ स्वर्ण र ९ कास्य गरी कुल ११ पदक जित्दै भारतको सिक्किमले प्रतियोगिताको तेस्रो स्थान प्राप्त गरेको छ । बिजेता नेपाली खेलाडी...
बेलबारीमा नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु, छ देशका खेलाडी सहभागी

बेलबारीमा नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु, छ देशका खेलाडी सहभागी

मोरङ । मोरङको बेलबारीमा शनिबारबाट नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु भएको छ । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते संघले मोरङ जिल्लामै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको कराते प्रतियोगिता आयोजना गरेको हो । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री राईले विदेशी खेलाडीको सहभागितामा...
नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र

नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र

मोरङ । मोरङको बेलबारीमा पहिलो पटक हुँन लागेको नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र पारिएको छ । बिराटनगर स्थित नोेबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते संघले मंसिर ६ देखि ८ गतेसम्म प्रतियोगिता गर्ने तयारी गरेको हो । प्रतियोगिताका लागि खेलाडी आमन्त्रण, खेल स्थल सजावट, स्वागतद्वार निर्माण, प्रचारप्रशार लगायतको काम तीव्र रुपमा भईरहेको बेलबारी नगर सितोरियो कराते...
अजम्वरी युवा क्लवले जित्यो शहीदकप फुटबलको उपाधि

अजम्वरी युवा क्लवले जित्यो शहीदकप फुटबलको उपाधि

धनकुटा । साँगुरीगढीको अजम्वरी युवा क्लवले धनकुटाको शहीदभूमी गाउँपालिकामा सञ्चालित सातौं शहीदकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लामेचउर खेल मैदानमा भएको फाईनलमा मोरङको पथरीलाई ३–१ गोलले पराजित गर्दै अजम्वरीले उपाधिमाथि कव्जा जमाएको हो । अजम्वरीलाई उपाधि चुमाउन नविन माझीले दुई र कबिर लिम्बुले एक गोल गरे । यता, पथरीकालागि बिप्लव मैनालीले एक गोल गरे । उपाधि बिजेता अजम्वरी युवा क्लवले नगद ७५ हज...
बेलबारीमा नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुँने

बेलबारीमा नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुँने

मोरङ । मोरङको बेलबारीमा पहिलो पटक नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुँने भएको छ । नोबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते संघले आगामी मंसिर ६ देखि ८ गतेसम्म तीन दिने प्रतियोगिता आयोजना गर्ने भएको हो । मोरङ जिल्लामै पहिलो पटक हुँन लागेको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपालसहित ८ देशका करिव ६ सय खेलाडी सहभागि हुँने बेलबारी नगर सितोरियो कराते संघका सदस्य सचिव एवं...
शहीदभूमीमा सातौं शहीदकप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा मितेरी क्लव बिजयी

शहीदभूमीमा सातौं शहीदकप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा मितेरी क्लव बिजयी

धनकुटा । धनकुटाको शहीदभूमी गाउँपालिकामा सातौं शहीदकप फुटबल प्रतियोगिता सुरु भएको छ । शहीदभूमी गाउँपालिका अध्यक्ष मनोज राईले खेल उद्घाटन गरेका छन् । उद्घाटन खेलमा साँगुरीगढीको खुडी टिमलाई १–० गोलले पराजित गर्दै आयोजक मितेरी युवा क्लव सफाईटार बिजयी भएको छ । खेलमा सागर दाहालले एकमात्र निर्णायक गोल गर्दै मितेरी क्लवको बिजयी सुरुवात गराएका हुन् । शहीदभूमी–१ स्थित छिन्ताङको मितेरी युवा क्लवले आयोजना ...
धनकुटामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुँने

धनकुटामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुँने

धनकुटा । धनकुटामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुँने भएको छ । सहिद रामकृष्ण स्मृती प्रतिष्ठानले आगामी माघ पहिलो साता १ नम्बर प्रदेश स्तरीय प्रतियोगिता गर्ने भएको हो । २०३० साल चैत्र ३ गते तत्कालिन राजा विरेन्द्र विराटनगर आउँदा बम प्रहार गर्ने क्रममा मृत्यु भएका राम कृष्ण श्रेष्ठलाई सरकारले ०७४ माघ ३ गते सहिद घोषणा गरेको थियो । उनकै सम्मानमा प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका सल्लाहक...
मेस्सीलाई एक खेल प्रतिबन्ध, १५ सय डलर जरिवाना

मेस्सीलाई एक खेल प्रतिबन्ध, १५ सय डलर जरिवाना

काठमाडौं ।  कोपा अमेरिका कपमा रेफ्रीको निर्णयको विरोध गरेका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई एक खेल प्रतिबन्ध र १५ सय अमेरिकी डलर जरिवानाको कारबाही गरिएको छ । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले मेसीलाई उक्त कारबाही गर्ने निर्णय गरेको हो । कोपा अमेरिका कपको तेस्रो स्थानका लागि भएको खेलमा चिलीका खेलाडीसँग ठेलठाल भएको अवस्थामा रेफ्रीले रातो कार्ड दिएपछि मेसी रेफ्रीको विरुद्ध खनिएका थिए ...
राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव भए सिलवाल

राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव भए सिलवाल

काठमाडौं । रमेश सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव नियुक्त भएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सिलवाललाई सदस्य सचिव नियुक्त गरेका हुन् । केशवकुमार विष्टको कार्यकाल यही असार ९ गते सकिएपछि यो पद रिक्त रहेको थियो । यो पदका लागि निवर्तमान सदस्यसचिव विष्टसँगै दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइरालालगायत पनि दावेदार थिए । तत्कालीन...
विश्वकप क्रिकेटमा इंग्ल्यान्ड र अफगानिस्तान भिड्दै

विश्वकप क्रिकेटमा इंग्ल्यान्ड र अफगानिस्तान भिड्दै

काठमाडौं । विश्वकप क्रिकेटमा आज आयोजक इंग्ल्यान्डले प्रतियोगिताकै कमजोर मानिएको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । म्यान्चेस्टरमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा इंग्ल्यान्डले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड चौथो जितको खोजिमा हुनेछ भने अफगानिस्तान पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ । अफगानिस्तानले अहिलेसम्म चार खेल खेलिसक्दा पनि जित हात पार्न सकेको छैन । अंकविहीन ...
धनकुटामा सञ्चालित क्रिकेट प्रतियोगितामा तमोर भ्याली बिजयी

धनकुटामा सञ्चालित क्रिकेट प्रतियोगितामा तमोर भ्याली बिजयी

धनकुटा । धनकुटामा सञ्चालित अन्तर बिद्यालय खुल्ला क्रिकेट प्रतियोगितामा तमोर भ्याली बोडिङ्ग स्कुलको टिम बिजयी भएको छ । फाईनल खेलमा बालसंसार सेकेण्डरी बोडिङ्ग स्कुललाई ४१ रनले पराजित गर्दै तमोर भ्याली बिजयी बनेको हो । बिजयी तमोर भ्यालीले नगद ३ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पायो भने उप–बिजेता बालसंसारले २ हजारमा चित्त बुझायो । प्रतियोगितामा तमोर भ्यालीका बिज्ञान लुइँटेल उत्कृष्ट बलर र हिमशिखर ...
नेपाल मलेसियासँग भिड्दै

नेपाल मलेसियासँग भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज (आइतबार) बेलुका मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले मलेसियासँग उसैको मैदानमा साँझ ८ः०० बजे मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार विश्वकप छनोटको तयारीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई मैत्री खेलमा सहभागी गराउन थालेको हो । नेपाल र मलेसियाबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । फिफा बरिय...
दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफमा नोबेल बिजयी

दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफमा नोबेल बिजयी

बिराटनगर। दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा बिराटनगर स्थित नोबेल मेडिकल कलेज बिजयी भएको छ । वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आयोजित प्रतियोगितामा नोबेलको टिम बिजयी बनेको हो । प्रतियोगितामा नोबेलका कौसल सिग्देल, सुनिल ढुंगाना र सागर न्यौपाने सहभागि थिए । बिजयी भएसँगै उनीहरुले ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै प्रतियोगितामा वीपी कोईराला स...
एपिएफलाई भीमनारायण गोल्डकपको उपाधी

एपिएफलाई भीमनारायण गोल्डकपको उपाधी

धनकुटा। एपिएफ क्लव काठमाण्डौंले धनकुटामा सञ्चालित शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । तल्लो टुडिखेलमा आज भएको फाईनल खेलमा विदेशी क्यामरुनी क्लब दाफिन्सलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै सशस्त्र प्रहरी बलको विभागिय टिम (एपिएफ) ले उपाधीमाथी कब्जा जमाएको हो । निर्धारित समयमा दुवै टिमबाट २/२ गोलको बराबरी भएपछि खेल ट्राईबेकरबाट टुंग्याईएको हो । उपाधीसँगै एपिएफले न...
घरेलु मैदानमा धनकुटाको लज्जास्पद हार

घरेलु मैदानमा धनकुटाको लज्जास्पद हार

धनकुटा। शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको आईतबार भएको दोस्रो क्वाटरफाईनल खेलमा आयोजक धनकुटाले लज्जास्पद हार बेहोरेको छ । धनकुटालाई घरेलु मैदानमा ७–० गोलले पराजित गर्दै झापाको बिर्तामोड यूनाईटेड क्लव सेमिफाईनल प्रवेश गरेको हो । राम्रो खेल प्रदर्शन गरेको भएपनि गोल गर्न नसक्दा धनकुटाले लज्जास्पद हार बेहोर्नुपरेको हो । अघिल्लो दिन बसन्तपुरमा भएको प्रदेश स्तरीय फुटबल प्रतियोगितामा धनकुटा उप...
भीमनारायण गोल्डकप : भारतको रोयल एफसीलाई हराउँदै मोरङको बिन्ध्याबासिनी बिजयी

भीमनारायण गोल्डकप : भारतको रोयल एफसीलाई हराउँदै मोरङको बिन्ध्याबासिनी बिजयी

धनकुटा । धनकुटामा शनिवारबाट सुरु भएको १४ औं शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मोरङको विन्ध्याबासिनी फुटबल क्लव बिजयी भएको छ । स्थानीय तल्लो टुडिखेलमा भएको खेलमा भारतीय रोयल एफसीलाई सडएण्डडेथमा ६–५ गोलले पराजित गर्दै विन्ध्याबासिनी सेमिफाईनल प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिम गोलरहित बरावरीमा रोकिएपछि खेल ट्राइबेकरमा धकेलियो । ट्राइबेकरमा पनि दुवै टिमवी...
आइपीएल : पन्जाब ६ विकेटले विजयी

आइपीएल : पन्जाब ६ विकेटले विजयी

काठमाडौं । लोकेश राहुल र मयंक अग्रवालको अर्धशतकमा १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको २२ खेलमा किङ्‍स -११ पन्जाब विजयी भएको छ । चन्द्रीगढस्थित पन्जाब क्रिकेट एसोसियसनको मैदानमा सोमबार राति भएको खेलमा पन्जाबले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको हो । हैदरावादले पन्जाबलाई १५१ रनको लक्ष्य दिएको थियो । पन्जाबले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको हो ।...
प्याराग्लाइडिङमा ५५ खेलाडीले प्रतिष्पर्धा गर्ने

प्याराग्लाइडिङमा ५५ खेलाडीले प्रतिष्पर्धा गर्ने

काठमाडौँ,२५ चैत । प्रदेश नंं ५ का विभिन्न जिल्लामा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ ५५ खेलाडीको सहभागिता रहने भएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रदेश नं। ५ मा हुने भए पनि पूर्वाधार नभएकाले प्याराग्लाइडिङका खेल गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी वैशाख ६ गतेदेखि शुरु हुने राष्ट्रिय खेलकूद परिषद् राखेपले जनाएको छ । नेपालको राष्ट्रिय खेलकूदक...
आइपीएल : बैंग्लोर ५ विकेटले पराजित

आइपीएल : बैंग्लोर ५ विकेटले पराजित

काठमाडौं । आन्द्रे रसेलको उत्कृष्ट ब्याटिङमा १२ औं संस्करणको इण्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्स विजयी भएको छ । शुक्रबार राति बैंग्लोरको घरेलु मैदानमा टस जितेर फिलेडिङ रोजेको कोलकताले रोयल च्यालेन्जर्स बैंग्लरलाई ५ विकेटले पराजित गरेको हो । कप्तान बिराट कोहली र एबी डी भिलियर्सको अर्धशतकमा बैंग्लोरले कोलकत्तालाई २ सय ६ रनको लक्ष्य दिएको थियो । कोलकताले १९ ओभर १ बलमा ५ ...
आईपीएल : सन्दीप लामिछाने सहभागी टिम दिल्ली क्यापिटल पराजित

आईपीएल : सन्दीप लामिछाने सहभागी टिम दिल्ली क्यापिटल पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको बिहीबारको खेलमा समेत नेपाली बलर सन्दीप लामिछाने सहभागी टिम दिल्ली क्यापिटल पराजित भएको छ। टस हारेर ब्याटिङ गरेको दिल्लीले हैदरावादलाई आठ विकेटको क्षतिमा १३० रनको चुनौती दिएको थियो। यो चुनौती हैदरवादले नौ बल बाँकी हुँदा पाँच विकेटको क्षतिमा भेट्टाएको हो। आईपीएल १२ संस्करणमा हैदरावालको यो तेस्रो जित हो। आजको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछ...
error: Content is protected !!