धनकुटाको राजारानीका राष्ट्रिय फुटवल रेफ्री चेम्जोङ्गलाई चौविसे गाउँपालिकाले गर्यो सम्मान
धनकुटा । धनकुटाको चौविसे गाउँपालिकाले राष्ट्रिय फुटवल रेफ्री तुफान चेम्जोङ्गलाई सम्मान गरेको छ । तेस्रो चैविसे रनिङ्ग कप फुटबल प्रतियोगिता समापनको अवसर पारेर रेफ्री चेम्जोङ्गलाई नगद २० हजारसहित सम्मान गरिएको हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य द्वय निरन राई र विनादेवी राई, चौविसे गाउँपालिका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचालले दोसल्ला ओढाएर नगद र सम्मान पत्र प्रदान गरी रेफ्री चेम्ज...































