
विराटनगर । मोरङका सीमावर्ती क्षेत्रबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको ११ लाख बढी मूल्य पर्ने अवैध सामान बरामद भएको छ ।
भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ११ लाख ३० हजार ५ सय १६ रुपैयाँ बराबरको लत्ताकपडा, हार्डवेयरका सामग्री, मोबाइलका पार्टस तथा किराना सामानहरू नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वार्टर कङ्कालिनी मोरङका साथै मातहतका सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानी, सोराभाग र बोर्डर आउट पोस्ट जहदा भुटाहाबाट खटिएको संयुक्त गस्ती टोलीले उक्त सामानहरू बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

संगालोखबर 

















