कोशी प्रदेशका नदी-खोलामा तीन दिनसम्म जलसतह बढ्ने, सतर्कता अपनाउन आग्रह
विराटनगर । अविरल वर्षाका कारण आगामी तीन दिनसम्म कोशी प्रदेशका विभिन्न नदी र खोलामा जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । सप्तकोशी नदीका साथै कन्काई, माई, जोगमाईलगायतका खोलामा पानीको बहाव बढ्ने जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्म कोशी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू तथा कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती नदीको जलसतह उल...




























