रारा गोल्डकपः सलहेश क्लब सिरहा फाइनलमा
धनकुटा । सलहेश युथ क्लब सिरहा धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा बिर्तामोड युनाइटेड क्लब झापालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै साबिक विजेता सलहेश युथ क्लब उपाधि नजिक पुगेको हो ।
चौबिसे गाउँपालिका–६ राजारानीस्थित मैदानमा भएको खेलको ३२औं मिनेटमा सलहेशका आदित्य शाक्यले गोल गरेका थिए । त्यस्तै, खेलको ६२ औ...





























