संगालोखबर

विराटनगर । पूर्वी नेपालमा पहिलो पटक विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले ‘इम्युनोफ्लुरेसेन्स’ प्रविधिबाट ‘अटोइम्यून’ डिजिजको जाँच सुरु गरेको छ । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्याथोलोजिष्ट डा. ओसन श्रेष्ठका अनुसार यो प्रविधिलाई सवैभन्दा उच्च स्तरको मानिन्छ ।

Advertisement

उनका अनुसार यो प्रविधिले लगभग सतप्रतिशत जाँचमा अटोइम्यून डिजिज भए नभएको पुष्टि गर्छ । विज्ञका अनुसार अटोइम्यून डिजिज रोग प्रतिरोधात्मक प्रणालीको खराबी यस्तो विकार हो जसले गर्दा मानिसको रोग प्रतिरोधात्मक प्रणालीले रोगविरुद्ध लड्न भन्दा पनि शरीरको कोषिकाहरुमाथि हमला गर्दछ र विभिन्न अङ्गमा समस्या ल्याउने गर्दछ ।

यो समस्यालाई समयमै पत्ता लगाएमा दीर्घकालसम्म कष्टकर जीवनयापन गर्न पर्ने बाध्यताबाट छुटकारा पाउन सकिने जनाइएको छ । डा. श्रेष्ठका अनुसार अटोइम्यून डिजिज भनेको एउटा यस्तो रोग हो जसमा शरीरको प्रतिरक्षा प्रणालीले असामान्य प्रतिक्रिया देखाउँछ ।

डा. श्रेष्ठले दिएको जानकारी अनुसार अटोइम्यून डिजिजको कारणहरु धेरैजसो अवस्थामा पत्ता लागिसकेका छैनन् । तर पनि विभिन्न बंशाणुगत कारण, पर्यावरणीय कारण, हर्मोनको कारण र संक्रमणहरुसंग यो रोगको सम्बन्ध रहेको पाइन्छ ।

पुरुषमा भन्दा प्रायजसो महिलाहरुमा यो समस्या बढी देखिएको छ र उनीहरुका बालबच्चामा समेत यो रोग देखिने सम्भावना बढी हुन्छ । विभिन्न भाइरस र ब्याक्टेरियाको संक्रमणले गर्दा पनि यो रोग उत्पन्न हुन सक्छ ।

डा. श्रेष्ठका अनुसार यो जाँचको नतिजा नमुना परीक्षण गरेको लगभग तीन घण्टाभित्रै उपलव्ध गराउन सकिन्छ । उनका अनुसार अरु विधिहरुमा जाँच भए पनि कतिपय अवस्थामा सो रोग भए पनि नतिजा गलत आउन सक्ने अवस्था रहन्छ । तर आईएफए प्रविधिको नतिजा लगभग सतप्रतिशत हुने भएकोले विश्वव्यापी रुपमा विशेषज्ञहरुले यो प्रविधिबाटै जाँच गर्न सिफारिस गर्ने गरेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!